आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन निर्वाचन आयोगले मतदानको दिन देशभर सवारीसाधन सञ्चालन र मदिरा बिक्रीवितरणमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
आयोगका अनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
निर्वाचनको सुरक्षामा ध्यान दिँदै लागु गरिएको यो कदमले मतदान प्रक्रियालाई सुरक्षित, स्वतन्त्र र निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।