र्वाचन सुरक्षाका विषयमा ओम प्रकाश अर्याल तथा रामप्रसाद भण्डारीले मधेश प्रदेशका पर्सा, बारा, रौतहटलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारीहरूसँग विशेष छलफल गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बारा र पर्साका सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन प्रमुख तथा सरोकारवाला निकायसँग निर्वाचन सुरक्षा केन्द्रित विस्तृत समीक्षा बैठक गरिएको हो । छलफलका क्रममा जिल्लाभरका मतदान केन्द्र, मतदान स्थल तथा संवेदनशील र अति–संवेदनशील मतदान केन्द्रहरूको सुरक्षा व्यवस्थापन तयारीबारे जानकारी लिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी दाहालले गृह मन्त्री अर्यालले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिएको जानकारी दिए । उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको बताए ।
यसैगरी, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले निर्वाचन लक्षित सुरक्षा तयारीबारे विस्तृत छलफल भएको जानकारी दिए । उनका अनुसार केही दिनअघि दुई समुदायबीच उत्पन्न विवादका विषयमा पनि समीक्षा गरिएको थियो । निर्वाचन अवधिमा थप संवेदनशीलता आवश्यक परे केन्द्रबाट समेत आवश्यक सहयोग र व्यवस्थापन गरिने तयारी रहेको उनले बताए ।
पछिल्लो समय सीमा क्षेत्रसँग जोडिएका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव, आसन्न होली पर्व तथा निर्वाचनलाई लक्षित सम्भावित चुनौतीहरूलाई मध्यनजर गर्दै मधेश प्रदेशअन्तर्गतका जिल्लामा अपनाउनुपर्ने सुरक्षा रणनीति र समाधानका उपायबारे पनि बैठकमा छलफल भएको जनाइएको छ ।