पर्सा–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल ले आज सञ्चारकर्मीसँगको अन्तरवार्तामा स्पष्ट रूपमा बताए कि चुनावी मैदानमा आफू स्वेच्छाले उत्रिएको हो र उसको विश्वास जनतामा रहेको छ ।
रिजालले भने,
“म कुनै दबाब वा बाध्यतामा होइन, पूर्ण रूपमा चाहेर चुनावी मैदानमा उत्रिएको हुँ । मेरो विश्वास जनतामा छ, र उनीहरूको आवाज सुन्ने र समाधान दिन सक्षम नेतृत्व प्रस्तुत गर्न चाहन्छु ।”
उनले आगामी निर्वाचनमा क्षेत्रीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवा सुधार, तथा पूर्वाधार विस्तारमा आफ्नो प्राथमिकता रहने उल्लेख गरे । साथै, रिजालले स्थानीय जनताको अपेक्षा अनुसार पारदर्शी, निष्पक्ष र जिम्मेवार नेतृत्व प्रदान गर्ने वचन दिए ।
उनले मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो र जनसंपर्क कार्यक्रमहरू मार्फत जनताको विश्वास जित्ने लक्ष्य राखेको बताए । रिजालले आगामी चुनावमा विकास र स्थायित्वको पक्षमा मतदान हुनुपर्ने कुरामा जोड दिएका छन् ।