जनकपुरधाम | धनुषा र महोत्तरी जोड्ने रातु पुल क्षेत्रमा फेला परेको शंकास्पद वस्तुमध्ये एउटा बम दिउँसो करिब २:३५ बजे विस्फोट भएको छ । विस्फोटको क्रममा एक जना युवक घाइते भएका छन् । उनको छाती तथा हातखुट्टामा चोट लागेको जनाइएको छ ।
त्यसैबीच, अर्को शंकास्पद बमलाई निष्क्रिय पार्ने क्रममा साँझ ४:४२ बजे पुनः विस्फोट भएको छ। घटनास्थलमा खटिएको नेपाली सेना को बम डिस्पोजल टोलीले सुरक्षा सतर्कता अपनाउँदै क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ ।
सुरक्षा निकायका अनुसार घटनास्थल आसपास अझै अन्य स्थानहरूमा पनि शंकास्पद वस्तु राखिएको हुन सक्ने आशंका गरिएको छ । त्यसैले सम्पूर्ण क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
प्रहरी ले यस्ता शंकास्पद वस्तु देखिएमा नछुनु, नजिक नजानु र तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।