प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा जिल्लामा कुल ६२ प्रतिशत मतदान भएको जनाएकाे छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार जिल्लाभरि रहेका ३ लाख ७६ हजार ५ सय १३ जना मतदाता मध्ये उल्लेख्य संख्यामा मतदाताले मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार पर्साका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । विभिन्न स्थानमा मतदाताको उत्साहजनक सहभागिताका कारण अधिकांश क्षेत्रमा ५५ प्रतिशतदेखि ६९ प्रतिशतसम्म मतदान भएको जनाएको छ।
क्षेत्र नम्बर–१
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा कुल ८१ हजार ६ सय ३८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा करिब ६९ प्रतिशत मतदान भएको छ । यसअनुसार करिब ५६ हजार ३२९ मत खसेको अनुमान गरिएको छ ।
क्षेत्र नम्बर–२
क्षेत्र नम्बर–२ मा कुल ९५ हजार १ सय २० मतदाता मध्ये ६५ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा करिब ६१ हजार ८२८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर–३
पर्सा क्षेत्र नम्बर–३ मा कुल ९६ हजार ५ सय ४२ मतदाता रहेका छन् । यहाँ ५५ प्रतिशत मतदान भएको छ । यसअनुसार करिब ५३ हजार ९८ मत खसेको अनुमान गरिएको छ ।
क्षेत्र नम्बर–४
क्षेत्र नम्बर–४ मा कुल ९५ हजार २ सय १३ मतदाता मध्ये ६५ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा करिब ६१ हजार ८८८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार चारवटै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने अब मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याउने कार्य भइरहेको छ । मतगणना प्रक्रिया छिट्टै सुरु हुने तयारी गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।