प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।
हालसम्मको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले सबै क्षेत्रमा अग्रता कायम गरेको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि पन्त १,५३८ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप यादवले १,०५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अनिल रूंगटाले ६८३ मत पाएका छन् ।
त्यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार सुशील कुमार कानु १,५३८ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी उम्मेदवार रिमा यादवले १,०५६ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका अजय चौरसियाले ६८३ मत प्राप्त गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका रामाकान्त चौरसिया १,०५१ मतसहित पहिलो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवार रूपेश पाण्डेले २३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७७१ मत प्राप्त गरेका छन् ।
यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार टेक बहादुर शाक्य ५७५ मतसहित अग्रस्थानमा रहेका छन्। नेकपा एमालेका जालिम मियाँले २३३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश रिजालले १७४ मत ल्याएका छन् ।