बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बारा–१ मा रास्वपाका गणेश धिमाल ७ हजार ८ सय २३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकी २ हजार ४ सय ४३ मत र नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली १ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् ।
बारा–२ मा रास्वपाका चन्दन कुमार सिंह ७ सय ३२ मतसहित अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका उम्मेदवार बलबीर चौधरी ५९० मत र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर यादव ४ सय २५ मत प्राप्त गरेका छन् ।
बारा–३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले ११ हजार ६ सय ४० मत पाउँदै अग्रता लिएका छन् । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादव १ हजार १८ मत र नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुर २ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।
बारा–४ मा रास्वपाका रहबर अन्सारी ४ हजार ८ सय ७३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ता ७ सय ९० मत र नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठ ७ सय ४१ मत प्राप्त गरेका छन् ।
जिल्लाभर चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ६३ जना र ४७ जना स्वतन्त्र गरी कुल ११० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर करिब ७० प्रतिशत मत खसेको बताइएको छ । अहिले सबै क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।