सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमरेशकुमार सिंहले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार डा. सिंहले २ हजार ८४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । यससँगै डा. सिंहले थापाभन्दा १ हजार १३३ मतले अग्रता कायम गरेका छन् ।
हाल रास्वपाका उम्मेदवार सिंहको गृहनगर रहेको बलरा नगरपालिकाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ मा कुल ७७ हजार ९३१ मत खसेको बताइएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जनाइएको छ ।