काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन् ।
यससँगै काठमाडौं–६ बाट रास्वपाका खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।