देशको प्रमुख सञ्चारमाध्यम मध्येको एक अन्नपूर्णा पोस्टले शुक्रबार ‘एसईईमा पर्साका ९४ प्रतिशत विद्यार्थी फेल’ भएको दाबी सहित समाचार पोष्ट गरेको छ । दिउसो पोष्ट भएको उक्त समाचार साँझसम्म भाइरल नै बन्न पुग्यो । मधेशको एकमात्र महानगर वीरगंज देशको अर्थतन्त्रको मेरुदण्ड रहेको पर्सालाई शैक्षिक हब मानिन्छ, शिक्षामा यतिसम्मको बेथिति कसरी भए ! विभिन्न समाजिक सञ्जाल प्रयोगकर्ताले तत्कालै आआफ्ना धारणा बनाए शिक्षक र तिनका मुखिया (जनप्रतिनिधि) विद्यार्थी, अभिभावक लगायतलाई विभिन्न टिकाटिप्पणी गर्न थाले ।
यसै विषयले हाम्रो ध्यानकेन्द्रित ग¥यो । के साचिक्कै जम्मा ६ प्रतिशत मात्रै विद्यार्थी पर्सामा पास भएका हुन त ! हाम्रो तथ्यजाँचले भने उक्त दाबी मिथ्या देखिएको छ ।
के छ दाबी ?
अन्नपूर्णा पोस्टले असार १४ गते शुक्रबार १५ः४६ मिनेटमा ‘एसईईमा पर्साका ९४ प्रतिशत विद्यार्थी फेल’ भएको शिर्षक दिएर समाचारमा जम्मा ५ सय ५२ जना अर्थात (५.९ प्रतिशत) मात्रै उत्तीर्ण भएको दाबी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख आधार बनाएर राखेको समाचारलाई सोहि इकाईले उक्त समाचार गलत भन्न नसकेर खण्डन गरेका छन् ।
अन्नपूर्णले लेखेको समाचार लिंक
के हो तथ्य ?
शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोती प्रसाद भट्टराईले दिएको जानकारीलाई आधार बनाएर क्रस भेरिफिकेसन नगर्दा देशको राष्ट्रिय मिडिया चिप्लिएको छ । जसले गर्दा तत्काल वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज महानगरको बचाऊ गर्दै वीरगंज महानगरमा ३४.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण रहेको फेसबुक मार्फत प्रस्टीकरण नै दिनुपर्यो । समाचारमा ५.९ प्रतिशत मात्रै उत्तीर्ण रहेको तथ्यले धेरैको ध्यान केन्द्रित ग¥यो ।
मिथ्या समाचार आगो सरी फैलिए झै दबाबमा परेको शिक्षा विकास तथा समन्वय इकाई पर्साले आफ्नो आधिकारिक फेसबुक पेज Edcu Parsa बाट इकाई प्रमुखले दिएको जानकारी मिथ्या सावित गर्दै रातारात सुटुक्क पर्साबाट एसईईमा सहभागि कुल ९ हजार ३ सय ३८ जना मध्ये एनजी (ननग्रेडिङ) अर्थात अनुत्तीर्ण ५ हजार ९ सय ६१ रहेको आधिकारिक तथ्य सार्वजनिक ग¥यो ।
शिक्षा विकास तथा समन्वय ईकाई पर्साले सार्वजनिक गरेको तथ्यले ४ जिपिए ल्याएका पर्सामा एकजना पनि छैनन् । तर ३.६ देखी ४ जिपिए भित्र ४ सय ७१ जना, ३.२ देखी ३.६ जिपिए भित्र ७ सय १६ जना, २.८ देखी ३.२ भित्रमा ३ सय ७८ जना, २.४ देखी २.८ भित्र ११ सय ५४ जना र २.० देखि २.४ जिपिए सम्ममा ६ सय ५८ जना ल्याएर जम्मा ३६.१६ प्रतिशत अर्थात ३ हजार ३ सय ७७ जना उत्तीर्ण भएका छन् । भने ६३.८३ प्रतिशत अर्थात ५ हजार ९ सय ६१ जना अनुत्तीर्ण भएको सार्वजनिक गरेको छ ।
विश्वास गरेर राखेको समाचार शिक्षा विकास तथा समन्वय इकाई पर्साले आफ्नै कार्यालय प्रमुख मोती प्रसाद भट्टराईले दिएको गलत बयान सुटुक्क गलत नभन्दै सच्याए पनि मिथ्या समाचार अन्नपूर्ण पोस्टले अझैसम्म सच्याएको छैन् ।
तथ्य जाँच
दाबी : एसईईमा पर्साका ९४ प्रतिशत विद्यार्थी फेल
दाबीकर्ता : अन्नपूर्ण पोष्ट / शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोती प्रसाद भट्टराई
तथ्य : मिथ्या सूचना
अन्नपूर्ण पोस्टले समाचारमा ५ सय ५२ जना उत्तीर्ण भनिरहँदा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगर अन्तर्गतको विद्यालयमा सहभागि तीन हजार ३ सय ३५ जनामध्ये एक हजार १ सय ४१ जना महानगरकै विद्यार्थी पास भएका छन् भने पर्सा जिल्लाभरी मै अन्नपूर्ण पोस्टले ५ सय ५२ मात्रै उत्तीर्ण भन्नु मिथ्या सूचना हो ।
शिक्षा विकास तथा समन्वय इकाई पर्साले आफ्नै कार्यालय प्रमुख मोती प्रसाद भट्टराईले दिएको सूचना नै गलत भएपनि सच्याएर नयाँ तथ्य सम्बन्धित कार्यालयले राख्दा त्यसलाई स्वीकार गरेर सच्याए हुने हो तर त्यसरी सच्याउँदा इगो हर्ट हुने भएर हो कि अन्नपूर्ण पोस्टले अझैसम्म उक्त समाचार सच्चाइएको छैन् ।
अन्नपुर्णले लेखेको समाचार लिंक