राजविराज नगरपालिका वडा नम्बर ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ ।
मृत्यू हुनेमा राजविराज नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय गजेन्द्र दास ‘बौवा’ भन्ने रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, बिहान ७ बजे माछा मार्न पोखरीमा पसेका दास तेस्रो पटक पोखरीमा प्रवेश गर्दा डुबेकाे जनाएकाे छ ।
स्थानीय सन्तोष थापाका अनुसार, मृतक दुई पटक माछा मारेर बाहिर निस्के पनि तेस्रोपटक पोखरीमा पुगेको समयमा डुबेको बताए । पोखरीमा डुबेको खबर पाएलगत्तै नेपाली सेना बरख गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेको थियो ।
करिब चार घण्टाको खोजीपछि टोलीले मृतकको शव पोखरीबाट बाहिर निकालेको थियो । राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोभितबहादुर चन्दको टोलीले शव मृत अवस्थामा फेला पारेको थियाे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।