वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी का अनुसार मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राईले तीन जना पीडितबाट वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने प्रलोभनमा रु २५ लाख रकम उठाएर सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरी टोलीले राईलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्ष ले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।