महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानमा जमिनमा पुरिएको अवस्थामा मोटरसाइकल फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीयवासीले शङ्कास्पद रूपमा जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले खाल्डोबाट मोटरसाइकल निकालेर नियन्त्रणमा लिएको छ। फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७, सुपर स्प्लेन्डर मोडलको रहेको प्रहरीले जनाएको छ। हाल उक्त मोटरसाइकल प्रहरी चौकी मगरथानामा राखिएको छ ।
प्रहरीका अनुसार, मोटरसाइकल कसले र किन जमिनमा गाडेर लुकाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। मोटरसाइकलको वास्तविक मालिक पत्ता लगाउने तथा घटनाको कारण खोज्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।