राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा अहिलेसम्म कुनै औपचारिक छलफल नभएको प्रष्ट पारेको छ।
पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमसँग कुरा गर्दै आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बताएका छन्। उनले भने, “अनौपचारिक कुराकानीहरु भएको हुन सक्छन्, तर पार्टीको तहमा भावि मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन। सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन करिब १० दिन लाग्न सक्छ।”
झाले आफू दोहोरिने सांसदमध्ये एक भएकोले केही अपेक्षा स्वाभाविक भए पनि उनले कुनै मन्त्रालयगत दाबी नगरेको बताए। उनले भने, “राजनीतिकरुपमा केही अपेक्षा स्वाभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु उचित ठानेको छैन। अहिले मेरो कामना नेताहरुको स्वास्थ्य लाभ छिट्टै होस् भन्ने हो। आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस भन्ने हो। पाउने मन्त्रालय र जिम्मेवारी त्यसपछि तय हुने विषय हुन्।”
यादगार छ कि झाले चुनावी अभियानको क्रममा आफूलाई भावि सञ्चारमन्त्रीको रूपमा प्रस्तुत गरेका थिए।