महोत्तरीको रामगोपालपुर नगरपालिका – ८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्मा का अनुसार, सहसौला चोक नजिकै २० वटा पोकामा गाँजा लुकाएर भारततिर लैजाँदै गरेको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको टोलीले गएराति करिब ११ बजे पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ लैजाँदै गरेको कार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कार चालक फरार रहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।