राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ।
स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका छन्।
बैठकले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय गर्ने बताइएको छ। पार्टी स्रोतका अनुसार बैठकमा उम्मेदवार टुंग्याउने प्रक्रिया र अन्य संगठनगत विषयवस्तुमा छलफल हुने छ।