जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिंदै अध्यक्ष राउतले भनेका छन् कि सक्रिय राजनीतिबाट बिदा लिँदा पनि उनी संघर्षको राजनीतिलाई निरन्तर अगाडि बढाउनेछन् ।
अध्यक्ष राउतले घोषणा गर्दै व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब संसदीय चुनाव नलड्ने निर्णय गरेको स्पष्ट पारेका छन्। उनले भने, “मेरो सिद्धान्त र एजेन्डा निरन्तर अगाडि बढाउनेछ। जनताको सेवा र संघर्षबाट म पछि हट्ने छैन ।”
यसपटक राउत सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित भएका थिए । यद्यपि संसदीय राजनीतिबाट सन्यास लिएका राउतले, आवश्यकता परे पार्टीलाई नेतृत्व दिँदै अघि बढ्ने बताए ।
उनको पार्टीले यस पटकको निर्वाचनमा समानुपातिक थ्रेसहोल्ड समेत पूरा गर्न सकेन। सोही कारणले गर्दा अपेक्षित नतिजा नआएपछि अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिएको बुझिएको छ ।