शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको १५ औं महाधिवेशन : संस्थापन र देउवा पक्षबीच सहमति कसरी जुट्ला ?
कांग्रेसको १५ औं महाधिवेशन : संस्थापन र देउवा पक्षबीच सहमति कसरी जुट्ला ?
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, चैत १२, २०८२
A1 Beakery Add A1 Beakery Add

केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलनले राजनीतिक वातावरण थप तरंगित बनाएको छ ।

२३ भदौमा नवयुवा समूहले विरोध प्रदर्शन सुरु गरेको थियो भने २४ भदौमा आन्दोलन उग्र बन्दै नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि बूढानीलकण्ठस्थित निवासमै आक्रमण भएको थियो ।

प्रदर्शनकारीहरूले देउवा निवासमा तोडफोड र आगजनी गरेका थिए ।

घटनापछि लामो समय सार्वजनिक रूपमा नदेखिएका देउवा ३६ दिनपछि २८ असोजमा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उक्त बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए भने आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको संकेत गरेका थिए ।

उनले पार्टीको १५औं महाधिवेशनमार्फत विधिवत नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए ।

तर, त्यसपछि कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद चर्किँदै गएको देखिएको छ ।

कार्यवाहक सभापति खड्काको नेतृत्वमा कांग्रेस इतिहासकै लामो ४९ दिनसम्म केन्द्रीय कार्यसमिति बैठक बस्यो ।

तर, १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन ।

संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा रहँदा महामन्त्री गगन थापा समूह भने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा थियो ।

विवाद चर्किँदै जाँदा थापा समूहले पुस अन्तिम साता काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्‍यो ।

उक्त महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो ।

यसअघि सानेपामा बसेको कार्यसमिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।

विशेष महाधिवेशनपछि उत्पन्न विवाद निर्वाचन आयोग पुगेको थियो ।

आयोगले थापा नेतृत्वलाई आधिकारिकता दिएको छ भने असन्तुष्ट देउवा समूह सर्वोच्च अदालत पुगेको छ ।

हाल उक्त मुद्दा विचाराधीन छ ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षाकृत कमजोर प्रदर्शन गर्‍यो ।

त्यसपछि नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले ३ चैतमा राजीनामा दिएका थिए ।

तर, ७ चैतको केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामा अस्वीकृत गर्‍यो ।

१० चैतमा बसेको बैठकले अर्को वर्षको १६–१९ गते १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तर, देउवा समूहले विशेष महाधिवेशनलाई अस्वीकार गरिरहेकाले महाधिवेशनमा उनीहरूको सहभागिता अन्योलमा छ ।

इतर समूहका नेताहरूले सहमति बिना महाधिवेशन सम्भव नभएको बताएका छन् ।

नेता प्रकाशशरण महतले सहमतिको आवश्यकता औंल्याउँदै साझा बिन्दु खोज्नुपर्ने बताएका छन् ।

त्यस्तै, मीन विश्वकर्माले पनि सहमति बिना महाधिवेशन असम्भव रहेको प्रतिक्रिया दिएका छन् ।

नेताहरूले महाधिवेशन आयोजक समिति गठन गरेर सबै पक्षलाई समेट्नुपर्ने सुझाव दिएका छन् ।

बागमती प्रदेश सभापति इन्द्र बानियाँले अदालतमा रहेको विवाद ‘विन–विन’ अवस्थामा समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

मधेश प्रदेश सभापति कृष्ण यादवले पनि सहमति आवश्यक रहेकोमा जोड दिएका छन् ।

निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले पार्टी एक नभए विगतजस्तै दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

महामन्त्री प्रदीप पौडेलले पनि छलफलमार्फत समाधान खोज्न तयार रहेको बताएका छन् ।

देउवा समूह पुस ३० अघिको अवस्थामा फर्किनुपर्ने अडानमा छ भने संस्थापन पक्ष भने अहिलेको अवस्थाबाटै अगाडि बढ्नुपर्ने बताइरहेको छ ।

महामन्त्री पौडेलले अब प्रक्रिया धेरै अगाडि बढिसकेको भन्दै यहीँबाट सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १५:४१
#नेपाल #राजनीति #निर्वाचन #महाधिवेशन #शेरबहादुर_देउवा #नेपाली_कांग्रेस #सर्वोच्च_अदालत #गगन_थापा #कांग्रेस_विवाद #पार्टी_एकता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
प्रहरी र सशस्त्र प्रहरीको दाबी : पोसाक खरिदमा अनियमितता भएको छैन
प्रहरी र सशस्त्र प्रहरीको दाबी : पोसाक खरिदमा अनियमितता भएको छैन बिहीबार, कात्तिक १२, २०८३
खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन्
खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन् बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै बिहीबार, कात्तिक १२, २०८३
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली बुधबार, कात्तिक ११, २०८३
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न बुधबार, कात्तिक ११, २०८३
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP