राष्ट्रपति रामचन्द्र पौडेल ले प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा ( १ ) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गर्दै प्रधानमन्त्री नियुक्ति हुने यो पहिलो घटना हो ।