नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक कुमार खड्का पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । यद्यपि, पक्राउको विस्तृत विवरण भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।