मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री सिंहको सिफारिशमा ५ जना नयाँ राज्यमन्त्री नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनका क्रममा, नेपाली कांग्रेसबाट रेखा ठाकुरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई ऊर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेकपा एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमत पार्टीका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
नवनियुक्त राज्यमन्त्रीहरुलाई मधेश भवनमा मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम राखेको छ ।