वीरगञ्ज महानगरपालिका वडा नं. १६ शकराचार्य गेट स्थित चेकजाँच गर्ने क्रममा लागुऔषध चरेशसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटेकाे प्रहरी टाेलिले संकाष्पदरूपमा नेपालबाट भारततर्फ पैदल हिंडिरहेका अनवर आलम (३५) र ईम्तेयाज आलम (२२) लाई रोकी खानतलासी गर्दा, उनीहरुको शरीरको तिघ्रामा कालो प्लाष्टिकले बेरी राखेको र पछाडी भिर्ने कालो झोलामा लुकाएको अवस्थामा प्रतिबन्धित लागु औषध चरेश फेला परेको हो । उनिहरूकाे साथबाट २० पाकेट चरेश प्रत्येक पाकेटको तौल ५०० ग्रामका दरले कुल १० किलोग्राम फेला परेको छ।
पक्राउ परेका अनवर आलम भारत पूर्वि चम्पारण रक्सौल वडा नं. १ बडा परेउवाका बासिन्दा हुन् भने ईम्तेयाज आलम भारत मोतिहारी पूर्वि छतौनाका हुन् ।
पक्राउ परेका दुबैलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।