जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ४३ लाख ९४ हजार ३ सय ३२ रुपैयाँ बराबरको कपडाहरू लोड भएको ट्रक नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं। २४ बहुवरी चोक स्थित सडकखण्डमा ट्रकलाई रोकि चेकजाँच गर्दा प्रज्ञापन भन्दा बढी मालसमान रहेको आधारमा राजश्वछलि गरेको शंकाको आधारमा कपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्र.२-०३००-१ ख ५१३७ नम्बरको ट्रकमा लोड गरिएका कपडाहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
उक्त ट्रक हिजो साँझ साढे ४ बजे नियन्त्रणमा लिइएको थियो ।