प्रधानमन्त्री Balen Shah (बालेन्द्र शाह) ले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग सोमबार छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित उक्त छलफलमा कोशी प्रदेशका समस्या र तिनका समाधानका उपायबारे विस्तृत रूपमा कुराकानी गरिएको थियो ।
छलफलमा सहभागी Rastriya Swatantra Party (रास्वपा) का सांसद Yagya Mani Neupane का अनुसार, सबै सांसदहरूले आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका समस्या प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।
“कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका स्थानीय समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,” न्यौपानेले भने, “उहाँले तत्काल समाधान गर्नुपर्ने विषय र त्यसका उपायबारे जिज्ञासा राख्नुभयो । सबै सांसदहरूले आफ्ना धारणा राख्ने अवसर पाए ।”
प्रधानमन्त्री शाहले समस्याहरूलाई प्राथमिकताका आधारमा समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बजेट र आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरी छिटो समाधान गर्ने दिशामा सरकार अघि बढ्ने उनले बताएका छन् ।