काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार गठन भएपश्चात पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो ।