रौतहट । रौतहटको गढिमाई नगरपालिका–७ स्थित धरमपुर–धनाडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट का प्रवक्ता बिष्णु प्रदीप बस्याल का अनुसार धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना. ६ त. ९६८३ नम्बरको ट्याक्टर बिहीबार राति अनियन्त्रित भई खेतमा पल्टिएको हो ।
दुर्घटनामा ट्याक्टर चालक गौर नगरपालिका–६, सबगढा निवासी २८ वर्षीय रञ्जित साह को मृत्यु भएको छ। इन्जिनको भागले च्यापिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान घटना बारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटाइएको थियो। हाल घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।