नेपाल सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक पृष्ठभूमिबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका राजदूतमा Indiaका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, Australiaका लागि चित्रलेखा यादव र South Koreaका लागि डा. शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।
त्यस्तै, Sri Lankaका लागि नियुक्त डा. पूर्णबहादुर नेपाली, Denmarkका लागि सुम्निमा तुलाधर र South Africaका लागि कपिल श्रेष्ठलाई पनि सरकारले फिर्ता बोलाएको छ ।
सरकार परिवर्तनसँगै अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने अभ्यासलाई निरन्तरता दिँदै यो निर्णय गरिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार फिर्ता हुने राजदूतलाई आफ्नो कार्यकालको बाँकी अवधि छोडेर स्वदेश फर्कन निश्चित समय सीमा दिइनेछ । साथै, रिक्त रहेका कूटनीतिक नियोगहरूमा नयाँ नियुक्तिको प्रक्रिया छिट्टै सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।