संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग स्विसका राजदूत डा. ड्यानियल म्युवली मन्टेलिओनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको बताइएको छ । मन्त्री गुप्ताले नेपाल र स्विजबीचको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
राजदूत मन्टेलिओनले दुवै मुलुकको विकास र समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको विश्वास व्यक्त गरेका छन् ।
स्विज र नेपालबीचको सम्बन्ध १९५६ मा दौत्य सम्बन्ध कायम भएदेखि सधैं सौहार्दपूर्ण रहेको बताउँदै मन्त्री गुप्ताले स्विस सरकारले नेपाललाई दिएको विकास सहायता र सहयोगको महत्व उल्लेख गरे ।
भेटमा स्विजका राजदूतले नेपाल र स्विजबीचको जनस्तरको सम्बन्धलाई अझ प्रागाढ बनाउनका लागि आफ्नो भूमिका रहने बताए ।