मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आठजना राज्यमन्त्रीलाई पदबाट हटाएका छन् । आलोचनाका बीच, २० सदस्यीय जम्बो मुख्यमन्त्री परिषद् बनाएको भन्दै मुख्यमन्त्री सिंहले कांग्रेस, लोसपाका साथै एमाले र जनमत पार्टीका राज्यमन्त्रीलाई पदमुक्त गरेका छन् ।
हटाइएका राज्यमन्त्रीहरूमा कांग्रेसबाट रेखा ठाकुर र निलमकुमारी रजक, लोसपाबाट रामबाबु यादव, एमालेबाट मोहम्मद जैद आलम, केशव राय र शारदा देवी थापा, र जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खङ र शम्भु साह रहेका छन्।
मुख्यमन्त्री सिंहले पदमुक्त गरिएको घोषणापछि, राज्यमन्त्रीहरूको सुरक्षा र अन्य सुविधामा राज्यको करोडौं रकम जाेगिएकाे छ ।
सामाजिक सञ्जाल र मिडियामा आएको आलोचनाले मुख्यमन्त्री सिंहलाई यो कदम उठाउन बाध्य भएको देखिन्छ । लोकतन्त्रमा मिडिया र सामाजिक सञ्जालको प्रभावले जनमत बाध्य भएको देखिन्छ ।