प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका छन् ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
यसका साथै राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि एजेन्डामा रहनेछ ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयाससमेत बैठकमा गरिने अपेक्षा गरिएको छ ।
यो बैठक संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।