बटेश्वर गाउँपालिका – ४ स्थित बाँसघारीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतक सोही वडाका ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । मृत्युको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर का प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिएका छन् ।
शव परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।