महोत्तरी | महोत्तरीको बर्दिबासमा एक बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिवशंकर आले मगरलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले उनलाई पक्राउ गरेको हो । पीडित पक्षले दिएको जाहेरीका आधारमा उनलाई आफ्नै घर नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आले मगरमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बर्दिबासले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।