नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय १० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।