शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • कमला नदीमा डाइभर्सन भत्किँदा आवागमन अवरुद्ध, सवारी सञ्चालन ठप्प
कमला नदीमा डाइभर्सन भत्किँदा आवागमन अवरुद्ध, सवारी सञ्चालन ठप्प
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, वैशाख १६, २०८३
A1 Beakery Add A1 Beakery Add

धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा बनाइएको अस्थायी बाँध (डाइभर्सन) भत्किँदा आवागमन अवरुद्ध भएको छ । कमला पुल नजिक निर्माण गरिएको उक्त डाइभर्सन वर्षापछि पानीको सतह बढेपछि भत्किएको हो । गत आइतबार बिहान परेको वर्षासँगै कमला नदीमा पानीको बहाव अचानक बढेको थियो। पानीको सतह बढ्दै करिब ३०० मिटर लामो डाइभर्सनको सतहभन्दा करिब तीन फिट माथिसम्म पुगेपछि अत्यधिक दबाबका कारण बीचैबाट भत्किएको जनाइएको छ ।

डाइभर्सन भत्किएसँगै दुवैतर्फ सयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । प्रशासनको पहलमा ती सवारी साधनलाई उद्धार गरिएको स्थानीयले बताएका छन् । कमला नगरपालिका–५ का वडाध्यक्ष शिवा पासवानका अनुसार पानीको सतह डाइभर्सनभन्दा करिब तीन फिट माथिसम्म पुगेको थियो ।

हाल पानीको सतह केही घटेर एकदेखि डेढ फिटसम्म झरेको छ । मंगलबारदेखि पैदल यात्रुहरूले जोखिम मोलेर सामान्य रूपमा आवागमन सुरु गरेका छन्, तर सवारी साधन सञ्चालन अझै हुन सकेको छैन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले डाइभर्सन भत्किएको जानकारी पाएलगत्तै जेसीबीमार्फत माटो हाल्ने काम सुरु गरिएको बताए । उनले पानीको बहाव घटेसँगै बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कमला पुल निर्माणमा ढिलासुस्ती र प्राविधिक कमजोरीका कारण समस्या लामो समयदेखि कायम छ । करिब १४ वर्षदेखि निर्माणाधीन उक्त पुल २०७८ असार १४ गते उद्घाटन गरिएको थियो । तर उद्घाटनको तीन दिनमै आएको बाढीले पुलका तीन स्पान भासिएपछि पुल प्रयोगविहीन बनेको थियो ।

त्यसयता करिब पाँच वर्ष बितिसक्दा पनि मर्मत कार्य सम्पन्न हुन सकेको छैन । हुलाकी राजमार्ग आयोजनाले डिजाइनमै कमजोरी रहेको स्वीकार गर्दै नयाँ डिजाइन अनुसार पुनः निर्माणको काम अघि बढाइरहेको जनाएको छ । चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि स्थानीयहरू भने अझै विश्वस्त हुन सकेका छैनन् ।

पुल अभावका कारण स्थानीय बासिन्दा लामो समयदेखि बाँसको चचरी प्रयोग गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। पुल निर्माणपछि सहज आवागमनको आशा जागे पनि पुल भासिएपछि अवस्था फेरि पुरानै जोखिमपूर्ण स्थितिमा फर्किएको छ ।

स्थानीयको गुनासोपछि गएको पुस महिनामा अस्थायी समाधानका रूपमा डाइभर्सन निर्माण गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निरीक्षणपछि चचरीको विकल्पस्वरूप डाइभर्सन बनाइएको थियो ।

तर सामान्य वर्षाले नै उक्त अस्थायी संरचना टिक्न नसक्दा आगामी बाढीको जोखिम अझै बढेको देखिएको छ ।

वि.सं. २०६८ जेठमा लुम्बिनी जेभीसँग करिब १४ करोड ९१ लाख रुपैयाँमा पुल निर्माण सम्झौता गरिएको थियो । २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने योजना सात पटक म्याद थपिँदै लागत बढेर २० करोड ४३ लाख रुपैयाँ नाघिसकेको छ । यद्यपि अन्तिम लागत कति पुग्ने भन्ने अझै टुंगो लागेको छैन ।

हालको अवस्थाले स्थानीय जनजीवन कष्टकर बनेको छ भने विकास निर्माणमा भएको ढिलासुस्ती र कमजोर व्यवस्थापनप्रति प्रश्न उठिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १०:२७
#धनुषा #सिरहा #हुलाकी_राजमार्ग #नेपाल_समाचार #कमला_नदी #डाइभर्सन_भत्कियो #आवागमन_अवरुद्ध #कमला_पुल #पूर्वाधार_समस्या #विकास_ढिलासुस्ती
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन
चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन शुक्रबार, कात्तिक १३, २०८३
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP