नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार सुन तोलामा २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेर ४ हजार ९१४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि मंगलबार चाँदी तोलामा ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।