बाराको सिम्रौनगढ नगरपालिका–३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले १० ट्याब्लेट ट्रामाडोलसहित सोही नगरपालिका–३ का १९ वर्षीय राधेश्याम पटेलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।