राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन् ।
सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले जोखिमयुक्त क्षेत्रका बस्ती व्यवस्थापनका क्रममा सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने स्पष्ट पारेका हुन् ।
सभापति लामिछानेले देशभर देखिएको अव्यवस्थित बसोबासको समस्या समाधानका लागि विशेष आयोग गठन गरी शीघ्र सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् ।
उनका अनुसार यस्तो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ ।