लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ ।
आज नेप्से परिसूचक ५.७३ अंकले घट्दै २७३८ अंकमा झरेको छ । यसअघि बुधबार २५ अंक र मंगलबार २६ अंकले बजार घटेको थियो । आज कारोबार सुरु भएको २२ मिनेटमै नेप्से २७०८ अंकसम्म झरे पनि त्यसपछि केही सुधार देखिएको हो ।
कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ दुई समूह मात्रै बढेका छन् । बैंकिङ समूह ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले उकालो लागेका छन् । अन्य सबै समूहका सूचक भने १ प्रतिशतभन्दा कम दरले घटेका छन् ।
घट्ने समूहमा विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार समूह ०.६३ प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा श्रीनगर एग्रिटेकको सेयर मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशतले बढेको छ । त्यस्तै शिखर पावर ७.९१, एसियन हाइड्रोपावर ७.८८, रिभर फल्स पावर ४.९५ तथा एसवाई प्यानल ३.८१ प्रतिशतले बढेका छन् ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।