प्रधानमन्त्री वालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ बैठकमा पेस गरिन् ।
मन्त्री गौतमले नै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ पनि प्रस्तुत गरिन् ।
त्यसैगरी अर्थमन्त्री डा स्वर्णीम वाग्ले ले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ पेस गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता ले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ प्रस्तुत गरिन् ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ बैठकमा पेस गरे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधिसभा बैठकमा पेस गरिन् ।
सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्था संशोधन तथा परिमार्जनका लागि अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको जनाएको छ ।