राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी सिधै वडा र पालिका अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ ।
पार्टीले यसअघि रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो । त्यसपछि विवादित जिल्ला समिति भंग गरी केन्द्रीय तहबाट नेताहरू खटाएर शनिबार विस्तारित बैठक सम्पन्न गरेको थियो । उक्त बैठकमा केन्द्रीय नेताहरूको उपस्थितिमा जिल्ला समितिको पुनर्संरचना नगरी वडा र पालिका तहका अधिवेशन अघि बढाउने निर्णय गरेको हो ।
सोहि अनुसार पहिले वडा र पालिका अधिवेशन सम्पन्न गरी त्यसपछि मात्र जिल्ला अधिवेशन गर्ने सहमति बनेको छ । निर्णयअनुसार पालिका अधिवेशन जेठ १७ गते तोकिएको छ भने तदर्थ समिति गठन भइसकेका वडाको अधिवेशन जेठ १२ गते र गठन हुन बाँकी रहेका पालिकामा तदर्थ समिति गठन कार्य जेठ १३ गते सम्पन्न गरिने भएको छ ।
त्यसैगरी, वडा तथा पालिका समिति गठनका लागि पाँच जना प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ ।