शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • जलवायु परिवर्तन र विपद् व्यवस्थापनबीच समन्वय आवश्यक : विज्ञ
जलवायु परिवर्तन र विपद् व्यवस्थापनबीच समन्वय आवश्यक : विज्ञ
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, जेठ १२, २०८३
A1 Beakery Add A1 Beakery Add

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा हेर्ने विद्यमान प्रवृत्तिले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत तथा कार्यगत समन्वय आवश्यक रहेको बताएका छन् ।

जलवायुजन्य जोखिमको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि तथा ‘हानि–नोक्सानी’ (लस एन्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

एक कार्यक्रममा बोल्दै जलवायु विज्ञ डा. धर्म उप्रेतीले प्रकोपलाई वैज्ञानिक दृष्टिकोणबाट बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई छुट्टाछुट्टै रूपमा हेर्ने प्रवृत्तिले समस्या निम्त्याएको बताउनुभयो। उहाँले सम्बन्धित सरकारी निकायहरूबीच एकीकृत कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

डा. उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणलाई ‘ट्रिपल प्लानेटरी क्राइसिस’ का रूपमा व्याख्या गर्दै यी तीनवटै संकटले विपद्को जोखिम बढाउने बताउनुभयो । उहाँका अनुसार तराई क्षेत्रमा बढ्दो गर्मीको लहर (हिटवेभ), अनियमित वर्षा र वायुमण्डलीय असन्तुलनका कारण जलवायुजन्य जोखिम थप जटिल बन्दै गएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

“जलवायु परिवर्तन र विपद्लाई अलग रूपमा बुझ्ने सोच परिवर्तन गर्न जरुरी छ । अहिले जलवायुजन्य विपद्का घटना बढिरहेका छन् । त्यसैले यी दुई क्षेत्रलाई हेर्ने निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाशसिंह थापाले जलवायु परिवर्तन अब केवल प्राविधिक अवधारणा नभई जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय बनेको बताउनुभयो । विपद्को समयमा स्थानीय समुदाय नै पहिलो प्रतिकार्यकर्ता हुने भएकाले स्थानीय तहमै केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालले जलवायु परिवर्तनमा न्यून योगदान पु¥याए पनि यसको गम्भीर असर भोगिरहेको उल्लेख गर्दै उहाँले खडेरी, खाद्य असुरक्षा, हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम तथा अव्यवस्थित शहरीकरणले समस्या थप जटिल बनाएको बताउनुभयो ।

उहाँले प्रभावित समुदायलाई क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यसहित ‘हानि–नोक्सानी’ कोष सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै यस क्षेत्रमा ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव मोहन घिमिरेले नेपाल जलवायु परिवर्तन र विपद् जोखिमका दृष्टिले उच्च संवेदनशील मुलुक रहेको बताउनुभयो। उहाँले विपद् व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहलाई विपद् तथा वातावरणीय क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ (एलजी–पास) प्रणालीमा विशेष व्यवस्था गरिएको छ । विपद् व्यवस्थापनमा सक्रिय स्थानीय तहलाई अतिरिक्त अङ्क प्रदान गरी समपूरक अनुदानमा प्राथमिकता दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले विपद् व्यवस्थापनका लागि ‘७०–३०’ अवधारणा कार्यान्वयनमा ल्याएको छ । यसअनुसार कुल बजेटको ७० प्रतिशत विपद् न्यूनीकरण तथा पूर्वतयारीमा र ३० प्रतिशत प्रतिकार्य तथा पुनःस्थापनामा खर्च गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ ।

कार्यक्रमका सहभागीहरूले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी काम गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार, गैरसरकारी संस्था तथा विकास साझेदारबीच सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १२:४१
#स्थानीय तह #जलवायु परिवर्तन #नेपाल समाचार #वातावरण #विपद् व्यवस्थापन #जैविक विविधता #विकास साझेदार #धर्म उप्रेती #प्रकाशसिंह थापा #मोहन घिमिरे
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ बिहीबार, असोज २९, २०८३
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु बिहीबार, असोज २९, २०८३
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन बुधबार, असोज २८, २०८३
कोरला नाकाबाट ल्याइएका साढे सात सयभन्दा बढी ईभी मुस्ताङमै रोकिए
कोरला नाकाबाट ल्याइएका साढे सात सयभन्दा बढी ईभी मुस्ताङमै रोकिए बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP