शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तरवार्ता
  • गृहपृष्ठ
  • अन्तरवार्ता
  • उद्योगदेखि साना व्यवसायसम्म आर्थिक गणनामा, बारामा ८३ प्रतिशत आर्थिक गणना सम्पन्न - व्यवसायी उत्साहित
उद्योगदेखि साना व्यवसायसम्म आर्थिक गणनामा, बारामा ८३ प्रतिशत आर्थिक गणना सम्पन्न - व्यवसायी उत्साहित बारामा ८३ प्रतिशत आर्थिक गणना कार्य सम्पन्न ! असार ७ भित्र काम सकिने अपेक्षा, यसरी भईरहेकाे छ गणना
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, जेठ १६, २०८३
A1 Beakery Add A1 Beakery Add

बारामा राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म झण्डै ८३ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ ।

नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालन भइरहेको आर्थिक गणना अभियानअन्तर्गत जिल्लाभर गणक तथा सुपरिवेक्षकहरू सक्रिय रूपमा खटिएका छन् । यसै सन्दर्भमा जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दाससँग गरिएको कुराकानी ।

राष्ट्रिय आर्थिक गणना–२०८२ भनेको के हो ?

राष्ट्रिय आर्थिक गणना–२०८२ नेपाल सरकारद्वारा सञ्चालन गरिएको महत्वपूर्ण राष्ट्रिय अभियान हो। निश्चित प्रशासनिक क्षेत्रभित्र सञ्चालन भइरहेका उद्योग, व्यापार तथा सेवा क्षेत्रका प्रतिष्ठानहरूको आर्थिक विवरण सङ्कलन, तथ्याङ्क उत्पादन तथा वितरण गर्ने प्रक्रिया नै आर्थिक गणना हो। नेपालले पहिलोपटक वि.सं. २०७५ मा आर्थिक गणना सम्पन्न गरेको थियो।

आर्थिक गणना किन आवश्यक छ ?

आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था पहिचान गर्न मद्दत गर्छ । यसबाट उद्योग तथा व्यवसायसम्बन्धी आधारभूत तथ्याङ्क प्राप्त हुन्छ, जसले नीति निर्माणमा सहयोग पुर्‍याउँछ ।
यसले राष्ट्रिय तथा स्थानीय स्तरमा आर्थिक सम्भाव्यता पहिचान, रोजगारीको अवस्था मूल्याङ्कन, लगानी प्रवर्द्धन तथा देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

व्यवसायीहरूले उपलब्ध गराएको विवरण गोप्य रहन्छ ?

अवश्य रहन्छ। तथ्याङ्क ऐन, २०७९ अनुसार सबै विवरण पूर्ण रूपमा गोप्य राखिन्छ । ती तथ्याङ्क केवल सांख्यिकीय प्रयोजनका लागि सामूहिक रूपमा प्रयोग गरिन्छ, व्यक्तिगत विवरण सार्वजनिक हुँदैन ।

बारा जिल्लामा हालसम्मको प्रगति कस्तो छ ?

हालसम्म बारा जिल्लामा करिब ८३ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा गणक तथा सुपरिवेक्षक टोली सक्रिय छन् ।
विशेषगरी कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका तथा महागढीमाई नगरपालिका क्षेत्रमा राम्रो प्रगति भएको छ । औद्योगिक तथा व्यस्त व्यापारिक क्षेत्रमा भने अझै विवरण सङ्कलन जारी छ ।

यस गणनामा कुन–कुन क्षेत्र समेटिएका छन् ?

यस गणनामा औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधि सञ्चालन गर्ने विभिन्न क्षेत्र समेटिएका छन् ।
यसअन्तर्गत कृषि, उद्योग, निर्माण, व्यापार, यातायात, होटल तथा रेष्टुरेन्ट, सूचना प्रविधि, बैंक तथा बीमा, शिक्षा, स्वास्थ्य, पर्यटन, मनोरञ्जन लगायतका सेवा क्षेत्रका प्रतिष्ठानहरू समावेश छन् ।

गणकहरूले के–कस्ता चुनौती सामना गरिरहेका छन् ?

कतिपय व्यवसायी कार्यालय वा पसलमा उपस्थित नहुनु, केहीले विवरण दिन हिच्किचाउनु, फोन सम्पर्क नहुनु तथा व्यस्त बजार क्षेत्रमा समय व्यवस्थापन गर्न कठिन हुनु मुख्य चुनौतीका रूपमा देखिएको छ ।
तर अधिकांश व्यवसायी तथा स्थानीय नागरिकबाट सकारात्मक सहयोग प्राप्त भइरहेको छ ।

व्यवसायीहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

धेरैजसो व्यवसायीहरूले आर्थिक गणनालाई सकारात्मक रूपमा लिएका छन् ।

उनीहरूले सही तथ्याङ्क संकलन भए सरकारलाई उद्योग तथा व्यापार क्षेत्र लक्षित नीति बनाउन सहज हुने विश्वास व्यक्त गरेका छन् । कलैयाका एक व्यवसायीले, “पहिलोपटक यति व्यवस्थित ढंगले व्यवसायको विवरण सङ्कलन भइरहेको अनुभव भयो। सरकारले सही तथ्याङ्कका आधारमा योजना बनाओस् भन्ने वहाँकाे अपेक्षा थियाे ।” त्यस्तै, जितपुरसिमराका एक उद्योगीले, “औद्योगिक क्षेत्रको वास्तविक अवस्था सरकारसमक्ष पुग्नुपर्छ । यसले भविष्यमा लगानी र रोजगारी बढाउन मद्दत गर्न सक्छ ।” प्रतिक्रिया दिएका छन् । 

सुपरिवेक्षकहरूको भूमिका कस्तो रहेको छ ?

सुपरिवेक्षकहरूले गणकहरूको कामको अनुगमन, तथ्याङ्कको गुणस्तर परीक्षण तथा दैनिक प्रगति मूल्याङ्कन गरिरहेका छन् । कतिपय अवस्थामा उनीहरू स्थलगत निरीक्षणमा समेत सहभागी भइरहेका छन् । जिल्लामा हाल ६६ जना गणक र ९ जना सुपरिवेक्षक कार्यरत छन् ।

डाटा अपलोडमा कुनै समस्या देखिएको छ ?

केही स्थानमा इन्टरनेट तथा प्राविधिक समस्याका कारण डाटा अपलोडमा ढिलाइ भएको छ । विशेषगरी नेटवर्क कमजोर भएका क्षेत्रमा तथ्याङ्क अपलोड गर्न समय लागेको छ ।

तर सुपरिवेक्षकहरूसँग समन्वय गर्दै समस्या समाधान गर्ने काम भइरहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको भूमिका कस्तो छ ?

राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंले देशभर स्थापना भएका जिल्ला आर्थिक गणना कार्यालयमार्फत अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । कार्यालयले गणक तथा सुपरिवेक्षकलाई आवश्यक प्राविधिक सहयोग, निर्देशन तथा सहजीकरण प्रदान गर्दै नियमित अनुगमनसमेत गरिरहेको छ ।

बारा जिल्लाको आर्थिक महत्व किन विशेष छ ?

बारा जिल्ला नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्रमध्ये एक हो ।

पथलैया औद्योगिक क्षेत्र, सिमरा करिडोर, सीमावर्ती व्यापारिक गतिविधि तथा विभिन्न बजारका कारण जिल्लाको आर्थिक गतिविधि निकै सक्रिय छ । यहाँ ठूला उद्योगदेखि साना घरेलु व्यवसायसम्मको उल्लेखनीय उपस्थिति रहेको छ ।

स्थानीय तह तथा अन्य निकायको सहयोग कस्तो छ ?

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्लाका १६ वटै स्थानीय तहबाट सकारात्मक सहयोग प्राप्त भइरहेको छ । सबैले सामाजिक सञ्जालमार्फत समेत “राष्ट्रिय आर्थिक गणना–२०८२ मा सहभागी बनौं” भन्ने सन्देश प्रवाह गरिरहेका छन् ।

नागरिकहरूले किन सहयोग गर्नुपर्छ ?

राष्ट्रिय आर्थिक गणना देशको आर्थिक भविष्यसँग जोडिएको अभियान हो । सही तथ्याङ्कका आधारमा मात्रै प्रभावकारी योजना निर्माण गर्न सकिन्छ । त्यसैले गणकहरू व्यवसाय स्थल वा घरदैलोमा पुगेका बेला सही विवरण उपलब्ध गराउनु सबै नागरिकको जिम्मेवारी हो ।

बाँकी काम कहिलेसम्म सम्पन्न हुने अपेक्षा छ ?

बाँकी क्षेत्रको तथ्याङ्क संकलन तीव्र गतिमा भइरहेको छ ।

सबै अवस्था अनुकूल रहेमा तोकिएकै अवधि अर्थात् २०८३ असार ७ गतेभित्र सम्पूर्ण स्थलगत विवरण संकलन सम्पन्न हुने अपेक्षा गरिएको छ ।
 

भिडियाे सामाग्री


प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  १६:१८
#नेपाल सरकार #कलैया #बारा जिल्ला #रोजगारी #उद्योग वाणिज्य संघ #आर्थिक विकास #जितपुरसिमरा #महागढीमाई #बारा समाचार #आर्थिक नीति #निजगढ #आर्थिक सर्वेक्षण #आर्थिक गतिविधि #औद्योगिक क्षेत्र #उद्योग व्यापार #तथ्याङ्क संकलन #आर्थिक गणना २०८२ #राष्ट्रिय तथ्याङ्क कार्यालय #राजेश दास #गणक #सुपरिवेक्षक #लगानी प्रवर्द्धन #राष्ट्रिय आर्थिक गणना #जिल्ला आर्थिक गणना कार्यालय #आर्थिक तथ्याङ्क #व्यवसाय गणना #बारामा आर्थिक गणना #व्यवसायी प्रतिक्रिया #विशेष अन्तर्वार्ता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तरवार्ता
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो मंगलबार, असोज २७, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत सोमबार, असोज २६, २०८३
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सोमबार, असोज २६, २०८३
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP