काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी परित्याग गरेका अनिलकुमार झा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
आइतबार कांग्रेस सभापति गगनकुमार थापाले झालाई पार्टी प्रवेश गराउँदै केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) बमोजिम झालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
झा केही समयअघि राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।