रौतहटको देवाही गुनाही नगरपालिका–४, नदीपारि टोलमा करेन्ट लागेर एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटर जडान गरिएको स्थानबाट धारामा विद्युत् करेन्ट प्रवाह हुँदा स्थानीय बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारी पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल लगिएको थियो । तर, चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिएका छन् ।
बालिकाको शव परीक्षणका लागि शुकदेव चोकबाट प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।