पर्सा जिल्लाको बहुदरमाइ पुग्नुअघि पूर्वतर्फ रहेको तिलावे नदीमा रहेको पुल भासिएको छ ।
पुल भासिएपछि आवत जावत गर्न रोक लगाइएको छ । पर्सागढी नगरपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका लगायत आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ ।
पुल भासिनाले गण्डक भएर वीरगंज आउने र ग्रामीण क्षेत्रतर्फ जाने सर्वसाधारण मर्कामा परेका छन् । विशेषगरी बहुआरी पिडरी, महुवन, पटेर्वा सुगौली लगायतका स्थानीयवासी बढी प्रभावित भएको युवा नेता राकेश यादवले बताएका छन् ।
दैनिक यात्रा गर्ने सर्वसाधारणलाई थप कठिनाइ भोग्नुपर्ने भएकाले पुल बनाउन यसभेगका नेताहरुले दबाब दिनुपर्ने स्थानीयको भनाई रहेको छ ।
सम्बन्धित समाचार