रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ । बरामद सामानसहित सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको टोलीले दुर्गाभवती गाउँपालिका–३ स्थित झाँझ पुल नजिक चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ८१ बोतल (सवा २ लिटर) माउन्टेन डिउ बरामद गरेको हो ।
त्यसैगरी, ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको गस्ती टोलीले बौधिमाई नगरपालिका–५ बमनहरमा गरेको चेकजाँचका क्रममा प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीमा करिब ३ हजार किलो भारतीय गुड फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरी टोली देख्नासाथ गाडीका चालक फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार बरामद सामानको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ र पिकअप गाडीको मूल्य करिब २० लाख रुपैयाँ रहेको छ ।
बरामद सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।