नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तथा काज गरेको छ ।
प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार उनीहरूले असार महिनादेखिको तलब, भत्ता तथा अन्य सुविधा सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ । सरुवा सूचीमा बारामा कार्यरत आठ जना प्रहरी निरीक्षक पनि परेका छन् ।
इलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक कुसुम नायकको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयअन्तर्गत पिलर–१ (हत्या, राज्यविरुद्धका अपराध, मानव बेचबिखन तथा लागूऔषध) मा सरुवा भएको छ । उनको स्थानमा लागूऔषध नियन्त्रण ब्युरो, सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर, काठमाडौंका प्रहरी निरीक्षक सविन कुमार कार्की आएका छन् ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछाने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको मानव स्रोत व्यवस्थापन शाखामा सरुवा भएका छन् । उनको स्थानमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दाताराम अधिकारीलाई पठाइएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, विपद् उद्धार कार्यदल–२ सामाखुशी, काठमाडौंमा सरुवा भएको छ । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, प्रहरी महाशाखाका प्रहरी निरीक्षक सुमन लामा आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक केसीको प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराई आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक दिलीप कुमार थापाको प्रहरी वृत्त कीर्तिपुर, काठमाडौंको अपराध नियन्त्रण शाखामा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक विमल खतिवडा आएका छन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पर्छाईको लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुर बाँकेमा सरुवा भएको छ । उनको स्थानमा मधेस प्रदेश प्रहरी गण, जनकपुर धनुषाका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह आएका छन् ।
इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रञ्जन मिश्रको नेपाल प्रहरी प्रदेश कार्यालय, अन्वेषण योजना शाखा वीरगञ्ज, पर्सामा सरुवा भएको छ । उनको स्थानमा इलाका प्रहरी कार्यालय अनारमनी, झापाका प्रहरी निरीक्षक बुद्धिमान चोङवाङ आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा, मानव स्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक सुरेशराज भट्टको प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक राजाबाबु ठाकुर आएका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालयको पोलिग्राम एकाइ वीरगञ्ज, पर्सा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक दीपेन्द्र कुमार यादवको मधेस प्रदेश प्रहरी गण, जनकपुर धनुषामा सरुवा भएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेशको बढुवापछि रिक्त भएको पदमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्साका प्रहरी निरीक्षक प्रकाश थापालाई सरुवा गरिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बारा, शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको स्थानमा बागमती प्रदेश प्रहरी गण, हेटौँडा मकवानपुरका प्रहरी निरीक्षक हुमानन्द खनाललाई सरुवा गरिएको छ ।