बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका महोत्तरीको बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी जिल्ला अदालतले गत वैशाख २२ गते महतोलाई फरार सूचीमा राखेको थियो। सोही मुद्दामा खोजी गरिरहेको प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।