सिराहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट प्रहरीले २१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका–१४ निवासी उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले शङ्काको आधारमा मोटरसाइकलमा सवार मगरको खानतलासी गरेको थियो । तलासीका क्रममा उनको साथबाट २१ किलो गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
भिडियाे सामाग्री