जनता समाजवादी पार्टी (जसपा)ले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरू माथि कारबाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
जसपाको वीरगन्ज महानगर कार्यसमितिका अध्यक्ष ईश्वरचन्द यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाउँदै वीरगंज–१७ का शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।
हालै आएको वर्षाले डुबान परेको क्षेत्रको निरीक्षण गर्न गएका मेयर सिंहमाथि लामिछानेद्वयले दुर्व्यवहार गरेको आरोप लगाइएको छ । जसपाले दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । यता नेपाली कांग्रेसका नेताहरूले मेयरले माफि नमागेसम्म धर्ना जारी राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी भुषालले यथार्थ बुझेर कारबाही गर्ने आश्वासन दिएका छन् ।